७ वैशाख २०८१ शुक्रबार
समाज

कुखुराका चल्ला र पटाका नष्ट

सशस्त्र प्रहरीद्वारा बरामद् भारतबाट अवैध रुपले जीपमा राखेर भित्र्याईएको कुखुराका चल्ला । तस्बिरः टंक/नागरिक

सर्लाही– सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट आयात भईरहेको अवस्थामा बरामद् कुखुराका चल्ला र पटाका सहित विष्फोटजन्य सामग्री नष्ट पारेको छ। सर्लाहीको कविलासीस्थित सशस्त्र प्रहरीको १० नम्बर गणबाट खटिएको टोलीले आइतबार बिहान बरामद् गरेको दुई हजार ५ सय ओटा ब्रोइलर कुखुराको चल्ला बरामद् गरेको थियो।

बरामद् चल्ला आइतबार दिउँसो पशु क्वारेन्टाईन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय समाजसेवीलगायतको रोहबरमा खाडलमा गाडेर नष्ट पारिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए। उक्त चल्ला एक लाख २५ हजार मुल्य बराबरको भएको सशस्त्र प्रहरीले जनाएको छ। 

चल्ला ओसार्न प्रयोग भएको भारतीय बीआर ३० ए ४७५५ नम्वरको टाटासुमो जीप भने आवश्यक कारबाहीका लागि सातलाख रुपैंया मुल्यांकन सहित मलंगवा भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

भारतबाट ल्याउँदै गरेको अवस्थामा बरहथवा नगरपालिका–१४, शहीदपुर टोलबाट उक्त चल्ला बरामद् गरिएको र जीपका चालक भने गस्ती टोलीलाई देख्ने वितिकै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बर्डफ्लू लगायत पन्क्षीजन्य रोग भित्रने सक्ने भन्दै भारतबाट कुखुरा लगायत पन्क्षी ल्याउन सरकारले प्रतिबन्ध लगाएको छ।  

त्यस्तै सशस्त्र प्रहरीले आइतबार दिउँसो नै ९९ हजार ५ सय रुपैंया बराबरको पटाका लगायत विष्फोटजन्य सामग्री खाडलमा गाडेर नष्ट पारेको छ। सशस्त्र प्रहरीका अनुसार पटाका, फुलझरी, झिरझिरे, भुईचम्पा, रकेट, सुथली बम लगायत उक्त विष्फोटजन्य सामग्री जिल्लास्थित रामनगर गाउँपालिका–१, खैर्बाबाट केही दिनअघि बरामद गरिएको हो। दिपावली एवं छठ पर्वमा विष्फोटजन्य पदार्थ प्रयोग गर्ने प्रचलन बढ्दै गएकाले भारतबाट लुकाईछिपाई त्यसता सामग्री तस्करी भई काठमाडौंसम्म पु¥याउने गरिएको जानकारहरु बताउँछन्। भारतीय बजारमा त्यस्ता सामग्री किनबेचमा प्रतिबन्ध नभएकाले खुला सिमानाको फाईदा उठाउँदै तस्कर समूहले नेपालतर्फ भित्र्याउने गरेका छन्। 

प्रकाशित: २६ आश्विन २०७६ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App