८ वैशाख २०८१ शनिबार
समाज

दशैँ विसर्जन

भक्तपुर- नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ।     
     
खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो। सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दशैँ विसर्जन भएको हो।     
     
त्यसैगरी दशैँको घटस्थापनाको दिन घरघरमा राखेको जमरा आज खोला तथा नदीमा लगि सेलाएर दशैँ विसर्जन गरिएको छ। दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको नवदुर्गा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। रासस

प्रकाशित: २६ आश्विन २०७६ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App