८ वैशाख २०८१ शनिबार
समाज

फोहोर लुकाउने ठाउँ खोज्दै नगरपालिका

चन्दननाथ नगरपालिकाले अस्थायी रुपमा बनाएको डम्पिङ साइड । धनबहादुर/नागरिक

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन्। फोहोर फाल्ने डम्पीङ साइड नहुँदा सदरमुकाम खलंगाको चोकचोकमा फोहोर थुप्रिएको छ। स्थानीय फोहोर बढाएर गाडीमा लैजानको लागि तयार गर्छन्। फोहोर फाल्ने ठाउँ नहुँदा नगरपालिकाले फोहोर उठाउन सकेको छैन्। खलंगा बजार दिनानुदिन दुर्गन्धित बन्दै गइरहेको छ। दुइ वर्ष अघिदेखि अस्थायी रुपमा निर्माण गरिएको डम्पिङ साइडले वातावरण प्रदुषण हुनुका साथै किसानको खेतवारीमा समस्या आएको भन्दै फोहोर राख्न दिइएका छैनन्।

नगरपालिकाले सदरमुकाम खलंगाको छेउमा रहेको सिमजीउलोमा डम्पिङ साइड बनाएर फोहोर थुपार्दै आइराखेको थियो। चन्दननाथ नगरपालिका–४ का जनकबहादुर रोकाया चन्दननाथ नगरपालिकाले जबरजस्ती डम्पीङ साइड बनाउँदा किसानको खेतवारीमा उत्पादित बस्तु उपयोग नभएको बताउँछन्। उनले भने,‘वर्षेनी मौसम अनुसार धान र जौ खेति लगाउँछौँ, डम्पिङ साइडबाट फोहोर उडेर खेतवारीमै आउँछ। गोडमेल गर्न लाग्दा दुर्गन्धले हैरान बनाउँछ, कुहिने, नकुहिने फोहोर एकै ठाउँमा राख्दा निकै ठुलो समस्या आइरहेको छ।’

यता चन्दननाथ नगरपालिका स्थापना कालदेखि नै डम्पिङ साइडको खोजीमा छ। उपयुक्त ठाउँ पाउन सकेको छैन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुसोतम देवकोटा डम्पिङ साइडको खोजि भइरहेको बताउँछन्। उनले जनताको आक्रोशमा आइसकेपछि दिर्घकालिन रुपमा काम लाग्ने गरि डम्पिङ साइड निर्माण गर्ने बताए। डम्पिङ साइडको टुंङ्गो लागि सकेपछि मात्र फोहोर उठाउने तयारी भइरहेको चन्दननाथ नगरपालिकाले जनाएको छ।

चन्दननाथ नगरपालिकाको खलंगा बजार क्षेत्रको मुख्य बजार, कालेखोली, विजयनगर, भारतिवाडा र बसपार्क क्षेत्रमा फोहोर थुप्रिएको छ। चोकमा फोहोर राख्नको लागि डस्बिनको व्यवस्था छैन्। खुला सडकमा थुपारिँदा दुर्गन्ध फैलन सक्ने खतरा छ। तत्कालिन कर्णालीको मुकामका रुपमा रहेको जुम्ला खलंगामा फोहोर थुप्रिदा स्थानीय निकै दुखि छन्।

डम्पिङ साइडले किसानको धानबाली नष्ट भएको किसान बताउँछन्। वरिपरिको झण्डै दर्जन बढि’ किसानको धानबाली सखाप भएको छ। प्लाष्टिक जन्य वस्तु खेतबारीमा आउँछन्। कुहिने फोहोर खान कुकुर आएर धान नष्ट गर्ने गरेको उनीहरु बताउँछन्। दुइ वर्षदेखि राम्रोसँग उब्जनी हुने नगरेको गुनासो किसानको छ। 

चन्दननाथ नगरपालिका पवित्र तिर्थस्थल चन्दनाथ मन्दिर र पर्यटकीय गन्तव्य डुडुल चैत्य भएकोले फोहोरले राम्रो सन्देश जान सकेको छैन्। अहिले कर्णालीको मुगु जिल्लाको राराताल घुम्न आउने पर्यटक एक पटक खलंगा नपुगि फर्कदैनन्। तर आन्तरिक तथा बाह्य पर्यटक पुग्दा बजार भरि थुप्रिएको फोहोरले नरमाइलो महसुस हुने गर्छ।

चन्दननाथ नगरपालिका फोहोर लुकाउने ठाउँ खोज्दै ठिक्क छ। बजार भरि फोहोर थुप्रिएको छ। फोहोरका कारण खेतवारीमा लगाएको अन्नबाली नष्ट हुने अवस्था छ। चन्दननाथ नगरपालिका–४ का मिनबहादुर रोकाया नगरपालिकाको फोहोरले निकै सास्ती दिइरहेको बताउँछन्। किसानले पाँच वटा निवेदन दिएका छ्न्। निवेदन उपर छलफल नै भएको छैन्। जबरजस्ती फोहोर राखेका छन्। खेतिवारीमा प्लाष्टिक जन्य वस्तु छ। यो डम्पिङ साइडलाई व्यवस्थित बनाउनु पर्यो, कित  सार्नु पर्यो। यो किसानको माग हो।

प्रकाशित: २६ आश्विन २०७६ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App