१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोशी दुर्घटनाका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

बनेपा– गत असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा गाडी दुर्घटना भई मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने सहमति भएपछि आइतबार आफन्तले शव जिम्मा लिएका छन्।

महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा उक्त स्थानमा निसान जिप दुर्घटना भएको थियो।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ। सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। रासस

प्रकाशित: २६ आश्विन २०७६ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App