coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करले चालकको मृत्यु

दुलेगौँडा(तनहुँ)– तनहुँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आइतबार विहान पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बलेरो जीप र यात्रुवाहक बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। 

केरा लिएर मुग्लिनबाट पोखरा आउँदै गरेको लु १ च ७०४१ नम्बरको जीप र विपरित दिशाबाट जादै गरेको ग १ ख ४०२२ नम्बरको यात्रुवाहक बस ठोक्किदा बलेरो चालक नवलपरासी सरावल गाउँपालिका–१ का २१ वर्षीय रमेश थारूको मृत्यु भएकोे हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेका अनुसार दुर्घटनामा घाइते उनको उपचारको लागी दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुवै सवारीको गती तिब्र भएकाले दुर्घटना भएको लामीछानेले बताए। उनी भन्छन्, ‘दुर्घटनामा बलेरो पुर्ण रुपमा क्षति भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

प्रकाशित: २६ आश्विन २०७६ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App