६ वैशाख २०८१ बिहीबार
समाज

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

काठमाडौं— सोमबार बिहानै शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ म्याग्निच्युडकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा यसकाे धक्का अनुभव गरिएको छ।

भूकम्पका कारण राजधानीबासी सबेरै ब्युँझिएका छन्। बिहान ५ः२० मा आएको सो भूकम्प उत्तरपूर्वी भारतमा समेत अनुभव गरिएकाे छ।

बिहानै भूकम्पकाे धक्काले ब्युँझिएका सर्वसाधारण फेसबुक र ट्विटरमा भूकम्पका अनुभव अपडेट गरिरहेका छन्।

प्रकाशित: १२ मंसिर २०७३ २३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App