coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासो– अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।     

स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएका छन्। बुर्किनाफासोको राजधानीबाट करिब २ सय ६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो। बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन।     
     
सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन्। यसक्रममा पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।     
     
पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमणहरु भइरहेका छन्। मानिसहरु सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुनेक्रम बढेको छ।    

सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा र कफ्र्यु लगाएको छ। रासस

प्रकाशित: २६ आश्विन २०७६ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App