१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौँ- सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आइतबार बिहानदेखि भएको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिए। तर वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन। अरु विषयमा सहमति नजिक रहेपनि त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनलाई बर्खास्ती गर्ने विषयमा कुरा अघि बढेको छैन।

शिक्षा मन्त्रालयमा बिहान साढे ११ बजेदेखि सुरु भएको वार्ता ४:३० बजे सकिएको थियो। वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै अन्य चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धि विभिन्न माग राख्दै डा केसी १४ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनमा छन्।

सरकारले शनिबार शिक्षा सचिव श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको हो । डा केसीका तर्फबाट डा वाइपी सिंहको संयोजकत्वमा डा रञ्जन झा, डा सचित शर्मा, डा जीवन क्षेत्रीलगायत छन्।  

यसैबीच, निजी मेडिकल कलेज सञ्चालकले सरकारले आन्दोलनरत डा केसीका माग पूरा गराउन वार्ता समिति गठनप्रति असहमति जनाएका छन्। डा केसीसँग वार्ता टोली गठन गर्दै गर्दा त्यसमा निजी क्षेत्रको संलग्नता नभएको भन्दै उनीहरुले वार्ता टोलीको विरोध गरेका हुन्।

आज एक प्रेस विज्ञप्तीमार्फत एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा सुरेश कनोडियाले आफूहरुको संलग्नता बिना गठन गरिएको समिति निजी क्षेत्रलाई मान्य नहुने बताएका छन्। रासस
 

 

प्रकाशित: १२ मंसिर २०७३ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App