संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

आइतबार, १२ मङि्सर २०७३, १९ : ०९ नागरिक

पर्सा- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई एकाकार गरी संविधानलाई कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न सबै नेपालीको समर्थन सरकारलाई प्राप्त भएको जानकारी दिए।

पतञ्जलि योगपीठ नेपालले महिला तथा बालबालिकाका लागि वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज आयोजना गरेको विशेष योग शिविरको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले सबै नेपालीलाई एकाकार गरी राष्ट्र निर्माणको थालनी गरेको अभियानमा मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनताको अपार समर्थन प्राप्त भएको दाबी गरे।

नेपालमा आयुर्वेद उद्योग स्थापना गरी त्यसबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गर्ने स्वामी रामदेवको घोषणाको स्वागत गर्दै उनले नेपालबाटै सुरु भएको योग विद्यालाई उद्योगसँग जोडी विश्वभरी पुर्‍याइ नेपालीलाई गौरवान्वित बनाएको विचार व्यक्त गरे। उनले भने, “स्वामी रामदेवले योग र उद्योगको अद्भूत समायोजन गरी मानवको जीवन पद्धति र समृद्धिका लागि गर्नुभएको योगदान अविस्मरणीय छ।”

शिविरमा सहभागी प्रधानमन्त्री प्रचण्डलाई स्वामी रामदेवले योगबारे जानकारी दिनुका साथै योगाभ्याससमेत गराएका थिए। कार्यक्रममा आठ हजारभन्दा बढी महिला तथा बालबालिकाले योगाभ्यास गरेका थिए। रासस
 

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad