८ वैशाख २०८१ शनिबार
खेल

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

पुने – दक्षिण अफ्रिकाका केशव महाराजाले चोटका बाबजुद संघर्षपूर्ण ब्याटिङ गरेसँगै भारत दोस्रो टेस्टमा निर्णायक जितको संघारमा पुगे पनि पर्खन बाध्य भएको छ ।

भ्रमणकारी टोली दक्षिण अफ्रिका अन्ततः पहिलो इनिङमा २ सय ७५ रनमा सीमित भएको थियो । तर महाराजाले भेर्नोन फेलान्डरसँग उत्कृष्ट साझेदारी गरे पनि  फलोअन टार्न थप १ सय २७ रन चाहिए पनि त्यो जोड्न नसक्दा दक्षिण अफ्रिकाले त्यो पूरा गर्न सकेन ।

पहिलो इनिङमा दक्षिण अफ्रिका ३ सय २६ रनले पछि परेको छ । यद्यपि पहिलो इनिङमा ६०१–५ मा पहिलो इनिङ घोषणा गरेको भारतले दक्षिण अफ्रिकालाई फलोअनमा लगाउँछ वा दोस्रो इनिङ सुरु गर्छ, त्यो भने हेर्न बाँकी छ ।

कुमको चोटका बाबजुद पनि महाराजाले ७२ र फेलान्डरले अविजित ४४ रनका साथ नवौं विकेटका लागि १ सय ९ रनको साझेदारीका साथ भारतीय बलरलाई निराश पारेका थिए ।

तीन टेस्ट शृंखलामध्ये पहिलो टेस्ट बराबरीमा सकिएको थियो । त्यसैले भारत दोस्रो टेस्टमा जित हात पार्दै शृंखलामा बलियो बन्ने दाउमा छ । कुमको चोटका बाबजुद पनि महाराजाले ७२ र फेलान्डरले अविजित ४४ रनका साथ नवौं विकेटका लागि १ सय ९ रनको साझेदारीका साथ भारतीय बलरलाई निराश पारेका थिए ।

‘मेरो कुम निकै दुखेको थियो र सुन्निएको पनि थियो । तापनि मैले टोलीका लागि योगदान दिन सकें । आशा छ, शृंखलाका बाँकी खेलमा म पूर्ण रूपमा फिट हुनेछु,’ मराहाजाले भने, ‘भेर्नोन र मैले खेल चिया सत्रसम्म टिकाउने योजना बनाएका थियौं । हामीले सकारात्मक र संयमित भएर खेल्यौं ।’

भारतका स्पिनर रविचन्द्र आश्विनले अन्तिम ओभरमा महाराजलाई रोहितकुमार शर्माबाट क्याच गराउँदै यी दुईबीचको साझेदारी तोडेका थिए । त्यस्तै उनले सोही ओभरमा कागिसो र बाडालाई २ रनमा पेवेलियनको बाटो देखाउँदै दक्षिण अफ्रिकाको पहिलो इनिङमा पूर्णविराम लगाएका थिए । आश्विनले ६९ रन खर्चंदै ४ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले ३६–३ बाट तेस्रो दिनको खेल सुरु गरेको दक्षिण अफ्रिका कप्तान फाप डु प्लेसिसलाई अश्विनले ६४ रनमा पेवेलियनको बाटो देखाएसँगै १६२–८ को स्थितमा आएको थियो । शुक्रबार फिल्डिङका क्रममा कुममा चोट लाग्दै मैदानबाट बाहिएका महाराजा नवौं विकेटका लागि फेलान्डरलाई साथ दिन मैदानमा उत्रिएका थिए।

महाराजाले यसअघि टेस्टमा जोडेको ४५ रन नै सर्वाधिक रन थियो । महाराजाले १ सय ३२ बलमा १२ चौका प्रहार गर्दा फेलान्डरले १ सय ९२ बलमा ६ चौका प्रहार गरेका थिए । यसअघि कप्तान विराट कोहोलीले खेल जीवनकै उत्कृष्ट इनिङ खेल्ने क्रममा अविजित २ सय ५४ रन जोड्दा भारतले ६०१–५ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।

प्रकाशित: २६ आश्विन २०७६ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App