८ वैशाख २०८१ शनिबार
खेल

म्याराथनमा किपचोगेले रचे इतिहास

भियाना – केन्याका धावक इलियुद किपचोगेले शनिबार खेल जीवनकै अविस्मरणीय दिन बनाउँदा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन् । अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् ।

ओलम्पिक च्याम्पियनसमेत रहेका किपचोगेले म्याराथनकै उत्कृष्ट समय निकाले पनि यो प्रतियोगिता ओपन प्रतिस्पर्धा नभएकाले म्याराथनको औपचारिक रेकर्डमा भने समावेश हुने छैन । यद्यपि, यो सफलतापछि किपचोगेले आफूसँग खुसीको सीमा नै नभएको बताएका थिए । ‘आज म एकदम खुसी छु । हरेक मानिसले चाहे हरेक लक्ष्य पूरा गर्न सक्छन् भन्ने यो नतिजाबाट प्रमाणितसमेत हुनेछ,’ किपचोगेले भने । साथै उनले आगामी दिनमा कैयौं एथ्लिटले यो सफलता भंग गर्ने लक्ष्य राख्ने बताए ।

म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् । ओलम्पिक च्याम्पियनसमेत रहेका किपचोगेले म्याराथनकै उत्कृष्ट समय निकाले पनि यो प्रतियोगिता ओपन प्रतिस्पर्धा नभएकाले म्याराथनको औपचारिक रेकर्डमा भने समावेश हुने छैन ।

पछिल्ला साढे चार महिनादेखि आफूले यो लक्ष्यका लागि विशेष तयारी गरिरहेको समेत उल्लेख गरेका छन् । ‘आजको दौडमा सुरुआतदेखि नै मंले सहज महसुस गरेको थिएँ,’ ३४ वर्षे किपचोगेले भने, ‘यस दिनका लागि मैले पछिल्ला केही महिनादेखि नै तयारी गरेको थिएँ । हरेक पल मेरो मन र मस्तिष्कमा २ घण्टाभन्दा कम समय निकाल्ने लक्ष्य थियो । जुन आज पूरा भएको छ ।’

म्याराथनमा अफिसियल विश्व रेकर्डमा पनि किपचोगेकै नाम रहेको छ । गत वर्ष सेप्टेम्बरमा सम्पन्न बर्लिन म्याराथनमा किपचोगेले २ घण्टा १ मिनेट ३९ सेकेन्डको कीर्तिमान राखेका छन् । शनिबार यो सफलता प्राप्त गर्न किपचोगेले ४१ पेसमेकरको साथ लिएका थिए । उनकै देशका धावकले पनि उत्कृष्ट समय निकाल्न किपचोगेलाई साथ दिए ।

दुई वर्षअघि इटालीमा किपचोगेको उत्कृष्ट समय निकाल्ने प्रयास असफल भएको थियो । तथापि शनिबार प्रतिकिलोमिटर २.५० मिनेटमा पार गरेपछि किपचोगेले उत्कृष्ट समयमा निकाल्न सफल भए । प्रत्येक किलोमिटरमा सो समय निकालेसँगै किपचोगेले यादगार दिन बनाउने उत्हास देखाएका थिए ।

म्याराथनको मध्य भागसम्म आइपुग्दा उनको समय ११ सेकेन्डले राम्रो देखिएपछि केन्याका समर्थकले राष्ट्रिय झन्डा फहराउँदै ताली बजाएर खुसी व्यक्त गरेका थिए । अन्ततः त्यो लक्ष्य पूरा गरेसँगै उनले आफ्नी पत्नीसँग अंकमाल गर्दै खुसी साटेका थिए । 

प्रकाशित: २६ आश्विन २०७६ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App