८ वैशाख २०८१ शनिबार
खेल

बेन स्टोक्सविरुद्ध नकारात्मक प्रचारविरुद्ध एस्ले गाइल्सको आपत्ति

लन्डन – अलराउन्डर बेन स्टोक्सले इङ्ल्यान्डको पछिल्लो केही सफलतामा नायक बनेसँगै उनीविरुद्ध नियोजित रूपमै नकारात्मक प्रचार सुरु भएको भन्दै पूर्व क्रिकेटर  एस्ले गाइल्सले चिन्ता व्यक्त गरेका छन्।

मंगलबार मात्र स्टोक्स र उनकी पत्नी झगडा गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। स्टोक्सकी पत्नी क्लारे स्टोक्सले भने आफूमाथि कुनै प्रकारको घरेलु हिंसा नभएको र पत्रपत्रिकामा आएका समाचार र तस्बिर भ्रामक र कपोकिल्पत भएको बताएकी छिन्।

३० वर्षअघि भएको एक पारिवारिक घटना प्रकाशित गरेको भन्दै स्टोक्स र उनकी आमाले पनि दि सनविरुद्ध कानुनी प्रक्रिया लड्ने खबर पनि सार्वजनिक भएको थियो।

इङ्ल्यान्ड पुरुष क्रिकट टोलीका म्यानेजिङ डिरेक्टर गाइल्सले स्टोक्ससँग निरन्तर सम्पर्कमा रहेको समेत बताएका छन्। उनले स्टोक्सले घरेलु मैदानमा भएको क्रिकेट विश्वकप क्रिकेट र अस्ट्रेलियाविरुद्धको एसेस शृंखला बराबरी गर्दा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गराए।

‘जब मैले समाचार हेरें, त्यसमा कुनै सत्यता छैन भन्नेमा म विश्वस्त थिएँ,’ उनले भने, ‘स्टोक्स दम्पती यस विषयमा चनाखो छन्। घरेलु हिंसा गम्भीर अपराध हो, तर पत्रिकामा छापिएको स्टोक्स र उनकी पत्नीको तस्बिरको भ्रामक प्रचार गरियो। उनीहरू जिस्किएका थिए तर गलत समाचार बनाइयो। एउटा तस्बिरले हजार शब्द बोल्छ तर यस तस्बिरमा गलत सन्देश दिइयो।’ ‘स्टोक्स सचेत हुने समय आएको छ किनभने उनको पारिवारिक कुरा उठाउँदै उनको मानहानि गरिँदै छ,’ गाइल्सले भने।

 

 

 

प्रकाशित: २६ आश्विन २०७६ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App