coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीमा भूगर्भशास्त्रीहरूको सम्मेलन

काठमाडौं– ‘राष्ट्र विकास तथा विपद् व्यवस्थापनमा भूविज्ञान’ भन्ने मूल नारासहित नेपाल भौगर्भिक समाजको सम्मेलन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार समाजको ‘आठौं भौगर्भिक सम्मेलन’ उद्घाटन गरे।

समारोहमा बोल्दै उपप्रधान तथा गृहमन्त्री निधिले भौगर्भिक जोखिम बढिरहेको अवस्थामा विपद्को व्यवस्थापनका लागि सम्मेलनले सहयोग पुर्‍याउनसक्ने अपेक्षा गरे।

‘भौगर्भिक जटिलताले जलविद्युत निर्माणमा परेका समस्या समाधान गर्ने खालका अध्ययन–अनुसन्धान भावी दिनमा हुनेमा आशावादी छु,’ उनले भने।

जापानका भूगर्भविद् प्राध्यापक हिरोसी सातोले सन् १९८० देखि केही वर्ष नेपालमै बसेर भौगर्भिक अनुसन्धान गर्दाखेरिको अनुभव सुनाए। उनले भने, ‘त्यसबेला भौगर्भिक अनुसन्धान गर्न उपत्यकाबाहिर जाँदा होटल तथा लज थिएन, प्रयोगात्मक अध्ययन भ्रमणमा जाँदा विद्यार्थीको लागि बस्न मिल्ने भवन बनाउन सहयोग गरेँ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले गत वर्षको ७.८ म्याग्निच्युडको भूकम्पले मानवीय क्षति तथा विभिन्न संरचना ध्वस्त भएको स्मरण गराउँदै पुनर्निर्माण गर्ने स्थानको अवस्थाबारे  जानकारी दिने खालका अनुसन्धान गर्न आग्रह गरे।  ‘नेपालको ‘भौगर्भिक नक्सा’ नभएकोले पुनर्निर्माणमा समस्या देखिएको छ,’ उनले भने । 

नेपाल भौगर्भिक समाजका अध्यक्ष तथा भूगर्भविद् प्राध्यापक दन्डपाणि अधिकारीले कार्यक्रमको महत्वबारे प्रकाश पारे।

आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, जापान, फ्रान्स, चीन, भारतलगायत २१ देशको भूगर्भविद् सहभागी भएका समाजका सदस्य दिलेन्द्रराज पाठकले बताए । समाजले प्रत्येक दुई वर्षमा सम्मेलन आयोजना गर्दै आएको छ । 

 

 

प्रकाशित: १२ मंसिर २०७३ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App