coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मिटरमा जान नमान्ने ५३ ट्याक्सी नियन्त्रणमा

पोखरा– चाडपर्वको बेला मिटरमा नगई चर्काे भाडा असुल्ने ५३ ट्याक्सीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। दशैंको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा मिटरमा नगई आफूखुसी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफू खुसी स्वेच्छाचारी हिसाबले ट्याक्सी चलाउने ५ गरी कुल ५३ वटा ट्याक्सी चालकसहित नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ।

ट्याक्सीहरुले यसअघि विभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणसँग बढी भाडामा लिई मिटरमा जान नमानेर बार्गेनिङ गर्ने गरेको जनगुनासो आएपछि यस्ता प्रवृतिको नियन्त्रण तथा निकारण गर्न छुटै कार्ययोजना तयार गरी कार्ययोजना अनुसार छड्के रुपमा चेकिङ, गस्ती, पेट्रोलिङ तथा स्विप अपरेशन बढाइएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए।

उनका अनुसार शनिबार एकै दिनमा गरिएको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङ गरी बढी भाडा असुल गर्ने ४७ बटा ट्याक्सी र मिटर जडान गर्ने म्याद दिँदा समेत अटेरी गरी मिटर जडान नै नगरी चलाई यात्रु ठगी गर्ने ५ ट्याक्सी र चालकलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको हो। वडा प्रहरी कार्यालयमा बैदामले कारवाही सुरु गरेको छ।

‘यस्ता प्रवृति भएका अन्य ट्याक्सी चालकहरुको लागि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना संकलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशन कार्यलाइ तीब्र रुपमा अगाडि बढाइएको छ’, एसपी कार्कीले भने। कास्की प्रहरीले मिटरमा जान नमान्ने र बार्गेनिङ गरी जवरजस्ती गरेमा सम्पर्क गर्नु सेवाग्राही यात्रुलाई अनुरोध समेत गरेको छ। कास्की प्रहरीले हालसम्म मिटरमा जान नमान्ने ८८ वटा ट्याक्सीलाई कारवाही गरिसकेको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App