coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानवीय क्षति रोक्न मकुनालाई ‘डार्ट’

इटहरी - कोसीटप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्तीका क्षेत्रमा शृंखलाबद्ध रूपमा जंगली हात्ती, विशेषगरी मकुना (दाँत उम्रिन बाँकी जवान हात्ती) ले मानवीय क्षति पुु¥याउन थालेपछि मकुनालाई ‘डार्ट’ विधिबाट नियन्त्रण गरिने भएको छ।अनेक उपाय अपनाउँदा पनि हात्ती आक्रमणका कारण मानवीय क्षति हुने क्रम नरोकिएपछि औषधियुक्त सुई प्रहार (डार्ट) गरी लठ्याउँदै नियन्त्रणको प्रयास लागिएको हो।आरक्ष प्रशासनका अनुसार कोसीटप्पु क्षेत्रमा १७ वटा रैथाने जंगली हात्ती रहेकोमा सबैभन्दा बढी मानवीय क्षति मकुनाले नै गर्ने गरेको छ।

आरक्षका वार्डेन रामदेव चौधरीले चितवन राष्ट्रिय निकुञ्जबाट पशु चिकित्सकको टोलीले आएर कोसीटप्पुका रेन्जरलाई ‘डार्ट’ गर्ने तरिका सिकाएपछि मकुनाको उपद्रो नियन्त्रण गर्न निरन्तर जनशक्ति परिचालन गरिने बताए।‘एकपटक डार्ट प्रहार गर्दा हात्ती छ÷सात दिनसम्म राम्रोसँग चर्न पनि सक्दैन।औषधिले लाटिएर स्थिर हुने हुँदा आतंक मच्चाउँदैन्,’ उनले भने, ‘डार्ट प्रयोग गरिएको हात्तीलाई पुनः सचेत गर्न ‘इन्टि डाट’ हान्नुपर्छ।’ उनका अनुसार मध्यवर्ती क्षेत्रका स्थानीयलाई मानवीय क्षति रोक्न बढी नै दबाब आएकाले मकुनाबाट हुने क्षति नियन्त्रणका लागि बाध्य भएर डार्ट प्रयोग गर्न लागिएको हो।

‘कोसीमा पूर्वी तटबन्ध बाँधिएको स्थानबाट हात्ती पूर्वतर्फ लाग्नेबित्तिकै अब डार्ट प्रयोग गरिन्छ,’ उनले भने, ‘हात्तीलाई रेडियो कलर गर्न र त्यसलाई अनुगमन गर्न पनि बढी नै खर्चिलो हुने हँुदा डार्ट विधि नै उपयुक्त ठहर गरियो।’ हुन त बस्तीमा प्रवेश गरी गतिविधि बढाउनासाथ यसअघि पनि थुप्रैपटक मकुनालाई डार्ट प्रहार र रेडियो कलर जडान गरिएको थियो।तर सधैंभरि चितवनबाटै टोली झिकाउँदा थप क्षति हुने गरेकाले अब भने यहाँबाटै सधैंभरि हुने गरी व्यवस्था मिलाइन लागिएको हो।

कोसीटप्पु वन्यजन्तु आरक्षमा जंगली जनावरको संख्या बढी भो क्षेत्रफल सानो, जसले गर्दा मानवीय क्षतिको त्रास दिनदिनै बढ्दै छ।

मकुना हात्तीले शुक्रबार राति कोसी गाउँपालिका–४ का ३६ वर्षीय सुरेन्द्र यादवलाई आक्रमण गरेर घाइते बनाएको थियो।घटनापछि स्थानीयले हात्तीसार सार्न र पीडितलाई तत्काल क्षतिपूर्ति दिलाउन माग राखेर प्रदर्शनसँगै ध्यनाकर्षण–पत्र बुझाए।गाउँतिर हात्ती लखेट्ने क्रममा सुरेन्द्रलाई मकुनाले आक्रमण गरेको थियो।आक्रमणलगत्तै आरक्षको प्रशासनले सुरेन्द्रलाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

‘जंगली हात्तीले निरन्तर रूपमा मानवीय क्षति गर्न थालेपछि मानवीय क्षति हुन नदिने गरी व्यवस्थित गर्न र पीडितलाई तत्काल क्षतिपूर्ति दिन आरक्ष प्रशासनसमक्ष माग गरिएको छ,’ कोसी गाउँपालिका प्रमुख अयुब अन्सारीले बताए।ज्ञापनपत्र दिन आरक्ष प्रशासन जाने क्रममा स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी कटान क्षेत्रमा आधा घण्टा यातायातसमेत अवरुद्ध गरेका थिए।

मकुना हात्तीको आक्रमणबाट भदौ १५ गते कोसी गाउँपालिकाकाकै चारजना भन्दा बढी मानिसको मृत्यु भएको छ।मकुनाबाहेक सप्तरी क्षेत्रमा अहिले तीनवटा दाह्रे भाले हात्तीले आतंक मच्चाइरहेका छन्।‘भाले हात्तीको अन्यत्र समूह हुँदैन, तर कोसीटप्पुमा भने छ।यहाँ मकुनामात्र एक्लै भएकाले विशेषगरी सुनसरीतर्फको बस्तीमा पस्ने गर्छ,’ वार्डेन चौधरीले भने, ‘कोसीटप्पुमा भाले मिलेको घटना अचम्मलाग्दो छ।अन्यत्र यस्तो हुँदैन, यो पनि हाम्रो अनुसन्धानको गम्भीर विषय बनेको छ।

सुनसरीतर्फ विद्युतीय घेराबेरा भए पनि त्यसलाई रुखका हाँगाको साहयताले लœयाएर हात्ती मानव–बस्तीमा प्रवेश गर्ने गरेको छ।मकुना हात्ती सुनसरीतर्फ नै बढी आउनुको मुख्य कारणमा आरक्षमा पाँचवटा ढोई (पोथी) संरक्षित रहेकोमा दुईवटाले बच्चा जन्माएका छन् भने एउटा ब्याउन साँझ–बिहान भएको छ।यी तीनैवटा ढोई मकुनाकै कारण गर्भिणी भएकाले मकुना हात्तीसार, आरक्ष कार्यालय तथा छेउछाउको बस्तीमा आउने गरेको आरक्षले जनाएको छ।मकुना हात्ती बढी मात्रामा सुनसरीतर्फकै बस्तीमा आउने गर्छ।

कोसीटप्पुमा हात्तीसँगै अर्नाको आक्रमण, बँदेल र निलगाईको आक्रमणबाट पनि क्षति हुने गर्छ।तर, सबैभन्दा बढी हात्तीबाट क्षति हुने गरेको छ।हात्तीको आक्रमणबाट कोसीटप्पु र वरपरको क्षेत्रमा २०७५÷०७६ को अवधिमा सात जनाको मृत्यु भएको छ।सो अवधिमा हात्तीसँगै अन्य जंगली जनावरको आक्रमणबाट आरक्ष र आसपासका क्षेत्रमा मात्रै २७ जना घाइते भएका छन्, जसमा सबैभन्दा बढी सुनसरी र सप्तरीमा १३–१३ जना घाइते भएका छन्।उदयपुरमा भने एकजना घाइते भएका छन्।

कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती र मुख्य क्षेत्रभित्र आर्थिक वर्ष २०७४–०७५ मा जंगली जनावरको आक्रमणबाट सातजनाको मृत्यु भएको थियो।मृत्यु हुनेमध्ये पाँचजनाको मध्यवर्ती क्षेत्र र दुईजनाको आरक्षको जंगल क्षेत्रमा हात्तीले आक्रमण गर्दा भएको थियो।त्यो अवधिमा १८ जना घाइते भएका थिए।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा १७ वटा जंगली हात्तीसँगै दुर्लभ अर्नाको संख्या चार सय ४१ छ, जसमध्ये १२ वटा चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो।दुई वर्षयता सारिएकाबाहेक अर्नाको संख्या बढेको आरक्ष प्रशासनले जनाएको छ।यस्तै कोसीटप्पुमा दुई सय ५० हाराहारीमा निलगाई र एक हजारभन्दा बढी बँदेल रहेका छन्।आरक्षमा निलगाई र बदेलको संख्या वृद्धि थप समस्या सिर्जना हुने देखिएको छ।‘क्षेत्रफलमा आधारित जनसंख्या मान्छे होस् वा जंगली जनावर दुवैमा लागू हुन्छ,’ वार्डेन चौधरी भन्छन, ‘जंगली जनावरको संख्या बढी भो, क्षेत्रफल सानो भो।जसले गर्दा पनि समस्या छ।’

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ।कोसी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ।आरक्षको मध्यवर्ती क्षेत्रमा १४ हजार आठ सय ६५ परिवार छन्, जसमा ८४ हजार चार सय २३ जनाको बसोबास छ।

प्रकाशित: २६ आश्विन २०७६ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App