६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

दाङ-दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।

दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको रा३प १२६८ नंको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टरले ठक्कर दिएको हो वा कसरी दुर्घटना भएको भन्ने यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टाउकामा गम्भीर चोट लागेकी केसीको उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रकाशित: १२ मंसिर २०७३ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App