८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए।

उनले आफ्नो सम्वोधनको क्रममा नमस्ते भन्दै उनले भने 'मैले बोलेको त्यति राम्रो सुनिएन होला।' उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताए।

राष्ट्रपति सीले नेपाल भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने प्रतिवद्धता जनाए।

 

 

 

 

प्रकाशित: २५ आश्विन २०७६ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App