coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी र सीबीच भेट

राष्ट्रपति विद्या भण्डारी र सी बीच भेट भएको छ। तस्बिर सौजन्य : गोरखापत्र

काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।  

भेटमा दुईपक्षीय हितको विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सीले राष्ट्रपति कार्यालयमा रहेको अतिथी पुस्तिकामा समेत हस्ताक्षर गरेका छन्।

यसपछि उनी होटल सोल्टीमा आयोजित रात्रीभोजमा सहभागी हुने छन्। उनले आज नै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्नेछन्।

यस अघि राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमा राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन्। सीको सम्मानमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो।
 

प्रकाशित: २५ आश्विन २०७६ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App