coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कृष्ण अधिकारी हत्या प्रकरण: दोस्रो पेशी पनि सर्‍यो

चितवन- चितवन जिल्ला अदालतमा दर्ता भएको बहुचर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि मुद्दाको आइतबार हुने सम्भावित फैसला पनि टरेको छ। जिल्ला न्यायाधीश विदामा बसेपछि आउँदो पुस २५ गतेका लागि सो मुद्दाको नयाँ पेशी तय भएको छ। मौखिकका साथै लिखित बहस सकिए पनि फैसालाका लागि तय भएको पेशी सरेको यो दोस्रो पटक हो।

                यसअघि कात्तिक २३ गतेको पेशीका दिन पनि न्यायाधीश विदामा बसेका थिए । सो मुद्दामा पक्ष विपक्षका कानुन व्यवसायीहरुले गरेको मौखिक बहस असोज ११ गते नै सकिएको थियो ।  मौखिक बहस सकिए लगत्तै जिल्ला न्यायाधीश टेकनारायण कुँवरले लिखित बहस नोट पेश गर्न आदेश गरेका थिए। बहस नोट पेश भएपछि कात्तिक २३ लाई पेशी तय भएको थियो।

चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले दिएको जानकारी अनुसार जिल्ला न्यायाधीश टेकनारायण कुवँर बेलायतमा हुने चेलीबेटी बेचबिखन सम्बन्धि कार्यक्रममा जानु पर्ने भएका कारण नयाँ पेशी तोकिएको हो। शुक्रबारसम्म अदालतमै भएका न्यायाधीश कुँवरले आइतबारबाट बिदा लिएका छन्। उनी सम्भवत आइतबार नै बेलायतका लागि उड्ने कार्यक्रम रहेको बरालले बताए।

फुजेलका कृष्ण अधिकारीको माओवादी सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा हत्या भएको थियो । सो सम्बन्धमा चितवन जिल्ला अदालतमा अढाइ वर्षअघि मुद्दा दायर भएको छ ।  सो मुद्दामा चितवन जिल्ला अदालतमा असोज ९, १० र ११ गते पक्ष विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

                ‘अधिकारीको विस २०६१ सालको जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालिन माओवादीले नै लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

                               

प्रकाशित: १२ मंसिर २०७३ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App