coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट करोडौंको क्षति

फाइल फोटो

पर्सा– वीरगञ्ज महानगरपालिकाको वडा नं ९ स्थित आर्दशनगरमा सञ्चालित ओम साई ड्रिङ्किङ प्रालीमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ। विद्युत्को तार सर्ट भई आज बिहान ८ बजेदेखि सो पानी उद्योगमा  लागेको आगो ११ बजे नियन्त्रणमा लिइएको थियो। 

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र, नेपाल सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट उद्योगमा रहेको वाटर प्लान्ट, अटोमेटिक प्लान्ट, कच्चा पदार्थसहित सँगै रहेको कार्यालयका सम्पूर्ण समान पूर्णरुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २५ आश्विन २०७६ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App