८ वैशाख २०८१ शनिबार
अर्थ

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

काठमाडौँ-धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ ।

कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ ।

नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७.०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । रासस

प्रकाशित: १२ मंसिर २०७३ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App