८ वैशाख २०८१ शनिबार
विचार

चीनकाे विकासबाट शिक्षा लिनुपर्छ

हरिशचन्द्र शाह

चीनमा सन् १९७६ मा चीनमा सांस्कृतिक क्रान्ति सकियो। साँस्कृतिक क्रान्ति सकिएको एक वर्षपछि चिनिया सरकारको छात्रवृत्ति पाएर चीनमा ‘एमविविएस’ अध्ययन गर्ने मौका पाएको थिए। त्यो बेला मैलै अध्ययन गर्नेमा मात्रै केन्द्रित नभएर चीनको विकासको साक्षी बन्ने पनि महत्वपूर्ण अवसर पनि पाए।

जुन मेरो जिन्दगीकै अमूल्य क्षणको रूपमा स्मरण गर्न चाहान्छु। मैले चीनमा एमबीबीएस सकेसँगै अकुपञ्चर विषयमा एम डि समेत गरे। मैले ४२ वर्ष अगाडी देखेको चीन र अहिलेको चीनमा आकाशपतालको फरक छ भन्दा कुनै अनर्थ हुदैंन। म चीन जाने बेला नेपालका शाखा अधिकृतको तलव करिव साढे ६ सय रुपैयाँ जति थियो।त्यही बेला चिनिया प्रोफेसरको तलव पनि ३६ युयान थियो। तर,अहिले नेपालका शाखा अधिकृतको तलव करिव ४२ हजार जति मात्रै छ।

तर, चिनिया प्रोफेसरको तलवभने एक लाख युयानभन्दा धेरै छ। यही तलवकै अनुपातबाट पनि चीनले आर्थिक रुपमा कति सफलता हात पा-यो भन्ने सहजै बुझ्न सकिन्छ। चीनले यतिविघ्न प्रगति हात पार्नुमा भने सन् १९७८मा अख्तियार गरेको खुला अर्थनीति नै हो। जब खुला अर्थनीतिसँगै चीनले अभुतपूर्व रुपमा आर्थिक छर्लाङ मारेको छ। सन् १९७८ सम्म  बेइजिङमा एउटामात्रै रिङरोड थियो। तर,अहिले आधा दर्जनभन्दा धेरै रिङरोड छन्। त्यतिमात्रै होइन्, बेइजिङमा त्यो बेला एउटा मात्रै टर्मिनल भएको विमानस्थल थियो।तर,अहिले सम्भवत्संसारकै ठूलो विमानस्थल भर्खरै सञ्चालनमा ल्याएको छ।

अहिले विश्वअर्थतन्त्रकै शक्तिशाली मुलुकको रुपमा चीन उदाउँदै आइरहेको छ। म चीन पुग्दाखेरी सरकारले जनतालाई खाना र कपडाको कुपन बाँड्ने चलन निकै चर्चित थियो। तर,अहिले त्यहाँको जनताको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ। चिनियाले दिनरात केही नभनिकन मेहनतकै फलकै कारणले अहिलेको यो उपलब्धी हात पारेका हुन्। पहिला विदेशीमुलुकबाट व्यापक मात्रामा सामान आयात गर्ने चिनिया अहिले विश्वभर नै चिनियाले उत्पादन गरेका सरसमान निर्यात गर्दै आइरहेका छन्। त्यतिमात्रै होइन् उनीहरुको विश्वबजारमा उपस्थिति पनि निकै शक्तिशाली हुदैं आइरहेका छन्। चिनियाले कहिल्यै पनि आफ्नो काम साच्दैनन्। आज गर्नुपर्ने काम आजै सक्ने उनीको स्वभावले पनि राज्यले अपनाएको नीति र कार्यक्रमले सफलता हात पारेको हो। चिनिया समयको निकै पालना गर्छ। जो मान्छे समयको ख्याल गर्दैन।त्यस्ता मान्छेले पक्कै पनि प्रगति गर्न सक्दैनन्।यसले पनि उनीहरुको प्रगतीमा थप इटा थप्ने काम गरेको हो।

चिनिया मेहनती इमान्दारिता र परिश्रमी भएकै कारणले पनि उच्च प्रगति गर्न सकेका हुन्। हामी नेपालीले पनि चिनियाको मेहनत, इमान्दारिता र परिश्रमी जस्ता कुरा सिक्न लायक छन्।ति कुरालाई अनुसरण गरेर अघि बढेमा पक्कै पनि सफलता चुम्न सकिन्छ। लामो समयपछि नेपालमा स्थायी सरकार आएको छ। अब राजनीतिक स्थिरता कायम राख्दै मुलुकलाई उन्नतिको पथमा लम्काउने बेला आइसक्यो। यसमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बेला आएको छ। नेपाल र चीन बीच सन् १९५५को कुटनीतिक सम्बन्ध स्थापना भएसँगै चिनिया लगानी भित्रिदै आइरहेको  छ। विगतको तुलनामा अहिले चिनिया लगानी पनि पर्याप्त मात्रामा बढेको देखिन्छ। चीनले आफू मात्रै होइन्। छिमेकीमुलुकको पनि समृद्धि चाइरहेको छ।  
(नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष शाहसँगको कुराकानीमा आधारित)

प्रकाशित: २५ आश्विन २०७६ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App