८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीका मागप्रति स्वास्थ्यकर्मी समाजको ऐक्यवद्धता

काठमाडौं- नेपाल स्वास्थ्यकर्मी समाजले चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ।  

समाजका संयोजक डा. भुपेन्द्र श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै डा. केसीका मागहरु प्रति आफुहरुको ऐक्यवद्धता रहेको बताएका छन्। 'सम्पूर्ण स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उहाँका मागहरुलाई गम्भिरतापूर्वक लिएर सम्बोधन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला सम्पूर्ण निकायहरुसँग जोडदार अपिल गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

डा. केसीको प्राण रक्षाको लागि सम्पूर्ण नेपालीहरु एक पटक पुन: उहाँसँगै उभिनुपर्ने बेला आएको समाजले ठहर गरेको छ।

स्वास्थ्य क्षेत्रका माफियाहरु र सरकारी षडयन्त्रले गर्दा पटक पटक आमरण अनशनमा बस्नुपर्ने बाध्यता आउनु विडम्वनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७३ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App