coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

पुनर्निर्माणमा चिनियाँ सहयोग, केमा कति ?

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुननिर्माण भइरहेको छ। चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा ३१ साउन २०७४ मा शुभारम्भ गरेका थिए। त्यस्तै तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले राणा खानदान र भाइभारदारहरूलाई पढाउनका लागि वि.सं. १९१० सालमा स्थापना गरेको दरवार हाइस्कुल नेपालकै पुरानो र ऐतिहासिक विद्यालय हो, तर २०७२ सालको भूकम्पले यो विद्यालयमा क्षति पुग्यो। यो ऐतिहासिक विद्यालयको पुननिर्माण पनि चीन सरकारको ८० करोड अनुदान सहयोगमा भइरहेको छ। दशरथ रंगशाला २०७२ सालको महाभूकम्पपछि जीर्ण बन्यो। यसलार्इ पनि चीन सरकारकै सहयोगमा पुननिर्माण गरिँदै छ। कोटेश्वर–कलङ्की सडकखण्ड र कलङ्कीको अन्डरपास भर्खरै सकाएको चीनले कलङ्की–महाराजगञ्ज सडकखण्ड निर्माणको तयारी थालेको छ। त्यस्तै सी चिनफिङले यो नेपाल भ्रमका क्रममा यस्तै भौतिक संरचना निर्माणको सम्झौता हुने जानकारहरु बताउछन्।

प्रकाशित: २५ आश्विन २०७६ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App