coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब्बलमा गनिँदै महिला प्रहरी

बर्दिया - नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्य सम्पादन मूल्याकंन पहिलो प्राथामिकतामा पर्छ ।कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ट पनि उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो ।

यस्तै कुशल कार्य गर्ने जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत तीन महिला प्रहरी शुक्रवार सम्मानित भए । असल नियतले काम गरेका तीन महिला प्रहरीका सामु पुरुष प्रहरी फिक्का ठहरिए ।

उनीहरुले जिल्ला भित्र उत्कृष्ट प्रहरी भित्र परेर काममा अब्बल भएको पुरस्कार थापे । महिला शाखामा कार्यरत प्रहरी हवल्दार  मिना तामाङ ,सम्झना घर्ती र कार्यशाखा कार्यरत प्रेम कुमारी चौधरीले अन्य सहकर्मीलाई पछिपार्दे उत्कृष्ट प्रहरी बिल्ला लगाए । 

६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले बिभिन्न बिधामा उत्कृष्ट काम गर्ने प्रहरी हौसला प्रदान गर्ने उदेश्य बिबिध कार्यक्रम आयोजना गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले औपचारिक कार्यक्रम विच कार्य कुशलताको प्रमाण पत्र वितरण गर्दा तीन महिला प्रहरीको अनुहार चन्द्रमा जस्तै गरी चम्केको देखिन्थ्यो ।

महिला पनि पुरुष जस्तै गरी संगठनको कामलाई कुशलता पूर्वक गर्न सकिने आत्मविश्वास बढेको  उनीहरुको अनुहलारमा प्रष्ट झल्किन्थ्यो ।प्रहरीले आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मानित गर्ने प्रचलनले  काम गर्ने थप हौसला बढेको प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले वताए ।

‘हामीले महिला र पुरुष भन्दा काममा दक्ष प्रहरीलाई सम्मानित गर्छो’उनले भने,‘दक्षता र आफ्नो काममा कुशल भूमिका निर्बाह गरेका तीन महिला प्रहरी छनोट भएका हुन ।’

उनका अनुसार महिला हिंसा ,अन्य झै झगडामा पिडित पक्षलाई न्याय दिन सफल प्रहरी उत्कृष्ट प्रहरीको रुपमा सम्मानित हुने गरेका छन् । प्रहरी हवल्दार तामाङ र घर्ती महिला सेलमा आउँने सम्पूर्ण घटना दक्षताका साथ प्रस्तुत गरेको र कार्यरत शाखामा काम गर्ने प्रहरी जवान चौधरी बिशेष क्षमताको आधारमा छनोटमा परेको प्रहरी निरीक्षक लक्ष्मण वलीले वताए ।

पछिल्लो समय नेपाल प्रहरीमा जागिर खान महिलाको आर्कषण बढेसँगै महिला प्रहरीको कार्यकौशल पनि उत्कृष्ट देखिएको छ ।

पुरुष प्रहरीको तुलनामा महिला प्रहरी न्यूनभएपनि महिला प्रहरी प्रतिस्पर्धी रुपमा अघि देखिएका छन् ।सम्मानित गर्ने क्रममा प्रजिअ कुरुम्बाङले महिला प्रहरीले ज्ञान,कार्यकुशलता,दक्षतालाई र अध्यनलाई पनि सँगै अघि बढाएर लैजान सके सधै उत्कृष्ट भईने कुरामा  प्रहरी कर्मचारीलाई विश्वस्त पारे ।

यसैविच प्रहरीले,नेपाल प्रहरीका ६ जना प्रहरी, गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष निरज सर्मा,भुपु प्रहरी,शहिद प्रहरीका परिवार र खेलाडी लाई  प्रहरी दिवसको अवसरमा सम्मान पत्र हस्तारण गरेको थियो ।

एसपी वास्तोला सम्मानित
पाँच नम्बर प्रदेश प्रहरीले बर्दियाका एसपि राजेश नाथ वास्तोलालाई सम्मानित गरेको छ । प्रदेश प्रहरी अन्र्तगत सम्मानित हुने एसपि वास्तोला एक्ला हुन ।

यस्तै बर्दियाकै खवर संकलन गर्ने प्रहरी हवल्दार टिकाराम आचार्य प्रदेश प्रहरीले सम्मान गरेको छ । ६४ औं प्रहरी दिवसको अवसरमा प्रदेशले १० जना प्रहरी कर्मचारी सम्मानित गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

प्रकाशित: २५ आश्विन २०७६ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App