७ वैशाख २०८१ शुक्रबार
समाज

अज्ञात समूहद्वारा आमा छोरीको विभत्स हत्या

फाइल तस्बिर

उदयपुर–उदयपुरको त्रियुगा नगरपालिका–९ राजवास चौकीबारीमा आमा छोरीको विभत्स हत्या भएको छ। हत्या हुनेमा २८ वर्षीया शारदा चौधरी (गोमा) र उनकी नौ वर्षीया रचनाकुमारी चौधरी रहेका छन्।

उनीहरुको घाँटी रेटी हत्या गरिएको अवस्थामा घर मै फेला परेका हुन्। विहान ७ बजेसम्म पनि घरको ढोका नखोलेपछि छिमेकी ढोका उघार्न गएका थिए। घटनापछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थालतर्फ गएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी विरबहादुर बुढा मगरको टोलीले घटानाको अनुसन्धान गरिरहेको छ।

घटनाको अनुसन्धानको लागि संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुर मगाइएको छ। घटना कस्ले घटायो भन्ने अहिलेसम्म पनि यकिन भएको छैन। मृतक चौधरीका श्रीमान सिताराम चौधरी वैदशिक रोजगारीमा रहेका छन्।

प्रकाशित: २५ आश्विन २०७६ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App