coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पिपिएल दोस्रो संस्करणको तयारी तीव्र

पोखरा -  एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरि क्रिकेटको पे्रmन्जाइज लिग सुरु हुँदैै छ। आगामी कार्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता सुरु हुनेछ।

एसिसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पिपिएलको लागि आवश्यक तयारीसमेत सुरु भइसकेको छ। एक महिनाभित्र क्रिकेट मैदानको मर्मतसम्भार गर्नेगरी काम सुरु भएको छ। मर्मतसम्भारको जिम्मेवारी पोखराका क्युरेटर प्रदीप राउतलाई दिइएको छ। राउतकाअनुसार आउट फिल्डभन्दा पनि पहिला पिच नै बनाउनुपर्ने खाँचो देखिएको छ।

‘दुई वटा पिच क्ले हुन्छ। बाँकी दुई पिच भने हल्का हरियो हुनेछ,’उनले भने,‘त्यसैअनुसार काम सुरु गरिएको छ।’ उनकाअनुसार आउटफिल्डको लगभग तयारी जस्तै भइसकेको छ। आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम गरिएको उनले सुनाए। ‘केही ओरालो भएको ठाँउमा माटो भनेर सम्याउने छौं,’उनले भने,‘माटो भरिएको ठाँउमा हरियो बनाउन नियमितजसो वाटरिङ(पानी सञ्चित) गरिनेछ।’

पहिलो संस्करणकै उत्साह र क्रिकेटको क्रेजका कारण पिपिएलको दोस्रो संस्करण पनि उस्तै हुने आशा र विश्वास धेरैले गरेका छन्। पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो। नेपालको पे्रmन्चाइज क्रिकेटको इतिहासमै सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धामा फेरि पिपिएलको दोस्रो संस्करण कार्तिक अन्तिम सातादेखि सुरु हुनेछ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिटसमेत बनाउने योजना छ। गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो। तर अहिले खर्च भने त्यत्ति हुने देखिँदैन। जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकेकाले मैदान फराकिलो बनेको छ।

विराटनगर टाइटन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो। यो वर्ष पनि निरन्तरता दिने अपेक्षा गरिएको छ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पनि पोखरा आयोजना हुने पिपिएलले क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण टेवा दिने बताउँदै स्पोर्ट्स सिटीको रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपालको पे्रmन्चाइज क्रिकेटको इतिहासमै सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हुने पिपिएलको दोस्रो संस्करण कार्तिक अन्तिम सातादेखि सुरु हुनेछ।

प्रकाशित: २५ आश्विन २०७६ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App