७ वैशाख २०८१ शुक्रबार
राजनीति

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्। नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ वर्षपछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्।

नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए। नेपाल दुई छमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि स्पष्ट पारे। उनले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए।

चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे। नेता देव गुरुङ्गले नेपालले चीनसंग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए। उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे। उनले अनुदान हुन सकेन भने निरपैक्ष ऋण लिनै हुदैन भन्न नहुने तर्क गरे।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोग सम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी हुदै आएका छन्। विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाईदिनुपर्ने तर्क हुदै आएको छ।

प्रकाशित: २४ आश्विन २०७६ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App