७ वैशाख २०८१ शुक्रबार
समाज

माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु

धादिङ - पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ फिस्टेखोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७४८३ नम्बरको माइक्रोले सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ भट्टगाउँका २० वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ। माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए।

दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन्। घाइतेको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ओभरट्याक गर्ने क्रममा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ आश्विन २०७६ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App