८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनाका घाइते भन्छन्ः ‘रोकेको बस आफैं गुड्यो, म हाम फालेर बाँचे’

फाइल तस्बिर

सिन्धुपाल्चाेक -  माधव मगर, घाइते (बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत)
'म दसैँको टीका लगाउन सिपाटारस्थित मामा घरमा गएको थिएँ। काभ्रे फेदीस्थित घर फर्कँन बिहान बस चढेँ। चाडबाडको मौसम भएकाले सुरुदेखि नै बस यात्रुले खचाखच थियो। बीच–बीचमा रोकेर थप यात्रु चढाउँदा बस झन्–झन् खचाखच बन्दै थियो। छतमा पनि यात्रु खचाखच चढेका थिए।

म भने चालक नजिकैको सिटमा थिएँ। घटनास्थल पुगेपछि समस्या आएको बन्दै चालकले बस रोके। ग्याँसको गन्ध आयो। रोकेको बस एक्कासी आफैँ गुड्न थाल्यो। बस छेउतिर मोडियो। चालक सिटमै थिए। उनले ब्रेक लगाए, तर छेउमै पुगेको बस सडकबाट खस्ने अवस्थामा पुग्यो। सायद ब्रेक फेल भएको हुनुपर्छ।

केही नसोची म झ्यालबाट हाम फालेँ। झण्डै ४० मिटर तल पुगेँ। बस बल्ड्याङ खान थाल्यो। दुई बल्ड्याङमा सडकमा पुगेको बस अर्को बल्ड्याङ खाँदै सडकमूनी रुखमा पुगेर अड्कियो। बस बल्ड्याङ खाएको आफ्नै आँखाले देखेँ। बस बल्ड्याङ खाँदा यात्रुबीच कोलाहल, चिच्चाहट मच्चिएको थियो।'

प्रकाशित: २४ आश्विन २०७६ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App