७ वैशाख २०८१ शुक्रबार
समाज

जन्ती बोकेको जिप दुर्घटनामा २ को मृत्यु, २० घाइते

डोटीको लाटामाडौंमा दुर्घटनाग्रस्त जीप। तस्बिर: अरूण बम

अरुण बम

दिपायल–डोटीको लाटामाडौंमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरी तथा स्थानीयले २२ जना घाइतेको उद्दार गरेका थिए। दुर्घटनामा  लाटामाडौं–२ विष्टैका ३० वर्षीय वीरबहादुर ताम्राकाम र लाटामाडाैं–८का ४५ वर्षीय गौरिशंकर नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। अर्का गम्भीर घाइते लाटामाडौं–२ बिष्टैका सुरेश कुँबरलाई उपचारका लागि भारतको बरेली पठाइएको छ।

अन्य घाइते १९ जनाको दिपायलस्थित सुजंग अस्पता, डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल र अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गएराति करिब ७ बजेतिर लाटामाडौं–३, उजेँलीगाउँ नजिक  जन्ती बोकेको जीप दुर्घटना भएको थियो। कपल्लेकीको सेरीबाट दुलही अन्माएर लाटामाडौं–२, बिष्टैतर्फ हिडेकोे जन्ती बोकेको ना १ज ७४७ नम्बरको उग्रतारा यातायातको जीप दुर्घटनामा परेको हो।

उक्त जीपमा २५ जनाभन्दा बढी  यात्रु सवार रहेको स्थानीयले बताएका छन् । गाडी चालक लाटामाडौं–७, गिल्लका कटे लुहारले मदिरा सेवन गरेको पनि सवार यात्रुहरुले बताएका छन्। उनी दुर्घटनापछि फरार भएका छन्। जीप सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अधिक लोड, कच्ची सडक र चालकले मदिरा सेवन गरेका कारण जीप दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। स्थानीयबासीले समयमै उद्दारमा जुटेका कारण क्षति कम भएको प्रहरी उपरिक्षक दिल्लीराज बिष्टले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७३ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App