८ वैशाख २०८१ शनिबार
राजनीति

चिनियाँ राष्ट्रपति सी काे यस्ताे छ भ्रमण तालिका

काठमाडाैँ - चिनियाँ राष्ट्रपति सी जिनफिङ शनिबार र आइतवार राजकिय भ्रमणकाे लागि नेपाल आउन लागेका छन्। उनकाे याे २ दिने भ्रमणलाइ महत्वपूर्ण भ्रमणकाे रूपमा लिइएकाे छ। सीले आफ्नो नेपाली समकक्ष विद्यादेवी भण्डारीको मैत्री निम्तोमा नेपाल भ्रमण आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति सीले नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल स्तरको आधिकारिक वार्ता गर्ने कार्यक्रम रहेकाे छ।

मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रपति शी र उच्च शक्ति चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा भोज आयोजना गर्नेछन।

ओली र सी बीच वार्ता पछि, दुबै नेताहरु द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाे छ। सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक शिखर सम्मेलनमा अक्टुबर ११ देखि १२ सम्म भारतको भ्रमण सकाएर नेपाल आउने छन्।

 

 

प्रकाशित: २४ आश्विन २०७६ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App