८ वैशाख २०८१ शनिबार
समाज

साझाको बस चढेर प्रधानमन्त्री दाहाल कार्यालयतर्फ

साझा बसको उद्‌घाटन गर्दै प्रधानमन्त्री दाहाल। तस्विरः दिनेश गोले

काठममाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल साझा यातायातको नयाँ बस चढेर सिंहदरबार गएका छन्। साझाका नयाँ ३० बसको सेवा शुभारम्भ गर्न ललितपुरको पुल्चोक पुगेका उनी साझा चढेर कार्यालय फर्किएका हुन्।

प्रधानमन्त्री दाहालसँगै साझाको बस चढेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, केशव वडाल तथा सचिवहरु सिंहदरबार कार्यालय फर्किएका हुन्।

३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुगेको छ। ३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जनाएको छ।

ललितपुर पुल्चोकस्थित कार्यालयमा बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‌घाटन गरेपछि साझाका ३० बस उपत्यकाका सडकमा गुडेका छन्।

३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुगेको छ। ३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जनाएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालनमा ल्याएको हो। महानगरपालिकाले सर्वसाधारणको हितमा भन्दै साझामा १० करोड रुपैयाँ शेयर लगानी गरेको छ। साझाका बसका लागि उपत्यकामा ४ वटा रुट तय गरिएको छ। थपिएका बस चल्ने रुट एउटा नयाँ हो भने बाँकी पुरानै रुटमा चल्नेछन्। लामो इतिहास भए पनि वर्षौंदेखि बसबिहीन संकटमा परेको साझा नेतृत्वमा कनकमणि दीक्षित अाएपछि २०७० वैशाखदेखि साझाले १६ बस सडकमा उतारेको थियो।

यसअघि सञ्चालित बसभन्दा थपिएका बस बढी सुविधायुक्त छन्। बसमा दुई वटा ह्विलचेयर अटाउने ठाउँ रहेको साझाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। उनका अनुसार बसभित्र ह्विलचेयर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ। भेन्टिलेसनयुक्त बसमा मोबाइल चार्ज गर्ने सुविधा समेत छ। बसमा चालक सिटसहित ४१ सिट छन्। ११ मिटर लामो बसमा ह्यांगर समातेर उभिएर पनि यात्रा गर्न सकिने साझाले बतायो।

लिएपछि बन्द रहेको

उपत्यकामा चल्ने साझाका रुट

रुट नम्बर १ः लगनखेलबाट जाउलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–सुन्धारा–जमल–लैनचौर–लाजिम्पाट–महाराजगन्ज शिक्षण अस्पताल–नारायण गोपालचोक–बसुन्धरा–नयाँ बसपार्क गुड्नेछ। यो रुटमा १० वटा बस गुड्नेछन्।

रुट नम्बर २ः त्रिभुवन विमानस्थलबाट गौशाला–रातोपुल–डिल्लीबजार–बागबजार–पुरानो बसपार्क–सुन्धारा–जमल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजु चोक–बाइपास–नयाँ बसपार्क रुटमा पनि १० वटा बस गुड्नेछन्।

रुट नम्बर ३ः कोटेश्वरबाट तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–त्रिपुरेश्वर–टेकु–कालिमाटी–कलंकी–सितापाइला–स्वयम्भू रुटमा पनि १० वटा नै बस गुड्नेछन्।

रुट नम्बर ४ः ग्वार्कोबाट–सातदोबाटो–लगनखेल–जाउलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–जमल–लाजिम्पाट–नारायण गोपाल चोक–गंगालाल हृदयरोग अस्पताल–बुढानिलकण्ठ अर्को रुट कायम भएको साझाले जनाएको छ। यो रुटमा ८ वटा बस गुड्नेछन्।

उपत्यका बाहिर

काठमाडौं–बागलुङ, काठमाडौं–गोरखा, काठमाडौं–लुम्बिनी, काठमाडौं–भैरहवा, काठमाडौ–वीरगन्ज चल्नेछन्। यी रुटमा भने एक/एक वटा बस असोज १६ गतेयता चलाउँदै आएको छ।

१० डिलक्स बस थपिने

साझाले उपत्यकाबाहिर सञ्चालन गर्न १० वटा डिलक्स बस थप्ने तयारी गरेको जनाएको छ। साझाकै लगानीमा डिलक्स बस थप्ने बोर्डको निर्णय पारित गरी प्रक्रिया अघि बढाइएको निर्देशक पाण्डेले बताए। उनले नमुनाको रुपमा 'सेमी लो फ्लोर' बस समेत सञ्चालन गर्न लागेको जनाए ।

प्रकाशित: १२ मंसिर २०७३ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App