दैनिक ४१६ करोड गुमाउँदै लगानीकर्ता

आइतबार, १२ मङि्सर २०७३, १० : ३० विष्णु बेल्वासे

काठमाडौं- सेयर बजार दिनहुँ ओरालो लाग्न थालेपछि लगानीकर्ताले दैनिक ४ अर्ब १६ करोड गुमाउँदै गएका छन्। गत साउन १२ गते २२ खर्ब रुपैयाँ हाराहारीमा पुगेको बजार पँुजीकरण बिहीबार १७ खर्ब ६ अर्बमा आइपुगेको छ।

चार महिनामा लगानीकर्ताले करिब ५ खर्ब गुमाएका छन्। यसको अर्थ दैनिक रुपमा ४ अर्ब १६ करोड रुपैयाँ लगानीकर्ताले गुुमाइरहेका छन्।

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १५३४.०३ बिन्दुमा आइपुगेको छ। करिब ४ महिनाको अवधिमा ३४७.४२ बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

चार महिनामा लगानीकर्ताले ५ खर्बभन्दा बढी गुमाइसकेको भिजन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार तिमिल्सिनाले शनिबार नागरिकलाई बताए। 'बजार पुँजीकरण घटेकाले लगानीकर्ताले दैनिक ठूलो रकम गुमाइरहेका छन्,' उनले भने, 'सेयर बजार अझै घट्ने भय लगानीकर्तालाई छ।' तर, बजार त्यसरी घट्ने सम्भावना भने आफूले नदेखेको उनले बताए।

साताको अन्तिम दिन बिहीबार नेप्से ५.९८ अंकले घट्न पुग्यो। सेयर बजार अन्य दिनको भन्दा कम घटेकाले उक्त दिन लगानीकर्ताले कम घाटा बेहोर्नु पर्‍यो। त्यसको अघिल्लो दिन बुधबार भने लगानीकर्ताले करिब आधा खर्ब नै गुमाएका थिए।

बुधबार नेप्से साढे ४२ अंकले तल आउँदा  सेयर बजारमा एकै दिन ४७ अर्ब रुपैयाँ बराबरको सम्पत्ति लगानीकर्ताले गुमाएका थिए। समग्र बजार पुँजीकरण एकै दिन ४७ अर्बले घटेर १७ खर्ब १३ अर्बमा ओर्लेको थियो। मंगलबार यो १७ खर्ब ६० अर्ब रुपैयाँ थियो।

'दिनदिनै सेयरको भाउ तल ओर्लेर नेप्सेमा लगातार गिरावट आएपछि अरु घाटा होला भन्ने त्रासमा लगानीकर्ताले सेयर बेच्ने क्रम बढाएका छन्,' तिमल्सिनाले भने, 'तर यसरी आत्तिएर सेयर बेच्नुपर्ने कारण भने देखिएको छैन।'

'सेयर बजार घट्नुपर्ने ठोस कारण नभए पनि बजारमा चलाइएका अनेक आधारहीन हल्लामा लागेर लगानीकर्ताहरु आफैं घट्दो मूल्यमा सेयर बेचेर घाटा खाइरहेका छन्,' तिमिल्सिनाले भने, 'लगानीकर्तामा अझै घट्ने मनोविज्ञानका कारण बजार घट्न पुगेको हो। वनको भन्दा पनि मनको बाधको भय उनीहरुमा भएको तिमिल्सिनाले बताए।

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रमेश निरौलाले बताए।

'सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,' उनले भने, 'अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ।' बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा कर्जा र निक्षेप दुवैको ब्याजर बढेको छ।

ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको एक विश्लेषकले बताए। ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ। घटी ब्याजमा ऋण पाउँदा लगानीकर्ताले बैंकबाट पैसा लिएर सेयरमा लगानी गर्छन्। चर्को ब्याजको पैसा लिएर लगानी गर्दा घाटा हुने ठानेर लगानीकर्ता हच्किन्छन्।

यसअघि ब्याजदर कम थियो। सेयरको भाउ पनि बढेको थियो। अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आउन थालेको छ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको निरौलाको भनाइ छ। 'हकप्रद सेयर र एफपिओ भर्नका लागि सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि बजार ओरालो लागेको हो,' उनले भने, 'बैंकहरुले चुक्ता पुँजी पुर्‍याउन ठूलो रकमको हकप्रद सेयर जारी गर्न थालेको र त्यसका लागि सेयर बिक्री गरेर रकम जोहो गर्न थालेकाले पनि सेयर बजार घट्न पुगेको हो।'

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेका छन्। केहीले धमाधम बढाउँदै छन्। बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पुर्‍याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ।

सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ। अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नुपर्‍यो र? भन्ने जस्ता कुरा लगानीकर्ता गर्न थालेका छन्। यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए।

सेयर बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न थालेका छन्। बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।

बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ। यसले पनि पनि बजार घटाउनै मद्दत गरेको निरोलाको भनाइ छ।

सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ। उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार घट्न थालेको बताइन्छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad