टेलिकमले मध्य पहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउने

बिहिबार, १६ असार २०७३, ०९ : ४४ सन्तोष न्यौपाने  | @santyneupane

काठमाडौं- देशका प्रत्येक गाविससम्म अप्टिकल फाइबर सञ्जाल पुर्‍याउने सरकारी योजना अनुरुप नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ। टेलिकमले पाँचथर शिवभञ्ज्याङदेखि गोर्खाको आरुघाटसम्म अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने भएको हो।

उक्त क्षेत्रमा नेटवर्क विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच बुधबार एक समझदारी भएको छ। सरकारले ७५ जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाविस, विद्यालय, स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड नेटवर्क पुर्‍याउने नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात भएको प्राधिकरणले जनाएको छ।

'मध्यमहाडी लोक मार्कमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न नेपाल टेलिकमलाई अधिकार दिएको छ,' प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नागरिकलाई भने, 'साउन मध्यमा विस्तृत सम्झौता हुनेछ।' प्राधिकरणले पहिलोपटक अप्टिकल फाइबर बिछ्याउन टेलिकम कम्पनीलाई छनोट गरेको हो।

अब टेलिकमले मध्य पहाडी क्षेत्र, त्यस आसपासका जिल्ला सदरमुकाम र नगरपालिकालाई अप्टिकल फाइबरको नेटवर्कले जोड्ने छ। प्राधिकरण र टेलिकमबीचको समझदारी पत्रमा नेपाल टेलिकमबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र प्राधिकरणका अध्यक्ष दिगम्भर झाले हस्ताक्षर गरेका छन्।

अप्टिकल फाइबर बिछ्याउने काम कहिलेसम्म सक्ने भन्ने विषयमा विस्तृत सम्झौतामा समावेश हुनेछ। प्राधिकरण्का अनुसार झन्डै २ वर्ष उक्त कार्य सक्ने गरी विस्तृत सम्झौताको तयारी भइरहेको छ। यस क्षेत्रको सम्पूर्ण सर्भे नेपाल टेलिकमले नै गर्नेछ।

टेलिकमले मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टिकल फाइबर बिछ्याउने छ। त्यस्तै, त्यहाँबाट जिल्ला सदरमुकामसम्म ४८ कोर र नगरपालिका जोड्नेमा २४ कोरको अप्टिकल फाइबर बिछ्याउने सहमति भएको छ। अप्टिकल फाइबर बिछ्याउने, अपग्रेड गर्ने र मर्मत लगायतका काम नेपाल टेलिकमले गर्नुपर्नेछ।

अप्टिकल फाइबर टेलिकमले बिछ्याउने भए पनि यो नेटवर्क 'सेयरएबल' हुनेछ अर्थात अन्य निकायले चाहेमा प्रयोग गर्न सक्नेछन्। 'नेपाल टेलिकमले बिछ्याउने यो अप्टिकल फाइबरलाई अन्य टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी वा अन्य सरकारी निकायले प्रयोग गर्न पाउने छन्,' अर्यालले भने, 'प्राधिकरणले स्वीकृत गरेको दररेटभित्र पर्ने गरी निश्चित शुल्क लिएर टेलिकमले दिनेछ।' सो क्षेत्रमा अन्य नियकाले चाहे नदोहोरिने गरी दिनुपर्ने भनिएको छ।

यस अप्टिकल फाइबर बिछ्याउन लाग्ने लागत प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट दिनेछ। हरेक सेवा प्रदायक कम्पनीले आफ्नो आम्दानीको २ प्रतिशत रकम यस कोष जम्मा गरेका छन्। सोही कोषको रकम प्राधिकरणले अप्टिकल फाइबर नेटवर्क विस्तारको लागि खर्च गर्न लागेको हो।

त्यस्तै नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउन टेन्डर आह्वान गर्नेछ। सो टेन्डरबाट आउने लागत नै कोषबाट प्राधिकरणले नेपाल टेलिकमलाई दिनेछ।

यसको प्रमुख उद्देश्य भनेको सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरले जोड्ने भन्ने हो। पूर्वी र केही मध्य क्षेत्रमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउने छ भने अन्य क्षेत्रको लागि प्राधिकरणले टेन्डर निकाल्ने जनाएको छ। नेपाल सरकारको वार्षिक कार्यक्रमको बजेटमा पनि समावेश गरिएको यस योजना अर्न्तगत रहेर प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउने कार्य अघि बढाएको हो।

पहिलो खण्डको लागि सरकारी निकाय भएकाले नेपाल टेलिकमलाई छनोट गर पनि अरु बाँकी दुई खण्डका लागि टेन्डर आह्वान गरेर प्रतिस्पर्धा गराउने अर्यालले बताए। अन्य खण्डको लागि टेन्डर आह्वानको तयारी भएको र छिट्टै आह्वान गर्ने उनले बताए। 'नेपाल टेलिकमलाई एक क्षेत्रको लागि अथोराइज गरेका हौं,' अर्यालले भने, 'अन्य खण्डको लागि भने टेन्डर आह्वान गर्नेछौं।' अपरेटरबाट प्रस्ताव माग गरेर, प्रतिस्पर्धा गराएर छनोट गर्ने तयारीमा रहेको प्राधिकरणले एक डेढ महिनाभित्र प्रक्रिया अघि बढाउने जनाएको छ।  







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...