coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धानबालीमा क्षति

फाइल तस्बिर:नागिरक

नेपालगञ्ज – बाँकेमा फौजी किराको प्रकोप बढेको छ। फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु-याएको छ।

फौजी किराको प्रकोप बढेको किसानको गुनासो आएपछि बिहिबार कृषि ज्ञान केन्द्र र डुडुवा गाउँपालिकाका कृषि प्राविधिकले किसानका धानखेतको अनुगमन गरेका थिए।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार, डुडुवा गाउँपालिकाको हिरमिनिया र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र बिनौनामा फौजी किराको बढी प्रकोप देखिएको छ। झण्डै ५ देखि ८० प्रतिशत धानबाली फौजी किराले नोक्सान गरेको ढकालले बताए।

अनुगमनका क्रममा टोलीले किसानलाई फौजी किरा मार्न विषादीसमेत दिएको छ। साथै किसानलाई फौजी किराको प्रकोप रोकथामका लागि धानबालीमा मट्टीतेल छर्किन, खेतमा पानी हाल्न र पाकेको धान काट्नका लागि सुझावसमेत दिएको ढकालले बताए।रासस

प्रकाशित: २४ आश्विन २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App