८ वैशाख २०८१ शनिबार
समाज

मासु पसल अनुगमन

फाइल तस्बिर:नागिरक

नेपालगञ्ज – संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरेकाे छ। अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।

उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ। यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले तीन दिनभित्र नवीकरण गर्ने समय दिइएको छ।

बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मासु पसलको मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र नापतौल कार्यालयबाट प्रमाणित नगराएको भेटिएकाले तत्काल सच्चिन निर्देशन दिइएको प्रमुख पौडेलले बताए।रासस

प्रकाशित: २४ आश्विन २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App