coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चन्दननाथमा साढे दुई करोड बराबरका खसीबोका बिक्री

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकामा यो पटकको दसैँमा दुई करोड ४६ लाख ६३ हजार तीन सय ३५ रुपैयाँ बराबरको खसीबोका बिक्रि भएका छन्। कृषि शाखाका अनुसार २ हजार ६ सय ४३ वटा खसिबोका बिक्रि भएका हुन्। पशुसेवा संयोजक वीरबहादुर रावलले प्रति भेडा १० हजार ८ सय ४५ रुपैयाँ मुल्यमा बिक्रि भएको बताउँछन्। गत वर्षको तुलनामा यो वर्षको दसैंमा निकै सस्तोमा खसी बोकाको किनबेच भएको हो।

गत वर्ष न्युनतम १० हजार देखि अधिकतम २० हजार रुपैयाँ सम्ममा खसीबोकाका बिक्रि भएका थिए। चन्दननाथ नगरपालिकासहित जाजरकोट, कालिकोट, बाजुरा, मुगु र जुम्लाका तिला, सिँजा र हिमा गाउँपालिकाबाट पनि खसिबोका बिक्रिका लागि नगरपालिकामा ल्याइएका थिए। पशु सेवा संयोजक रावल भन्छन्,‘पछिल्लो समयमा च्यांग्रा आउन छाडेका छन्। कर्णाली भित्रको खसीबोकाले यहाँको दसैंमा मासुको आवश्यकता परिपुर्ति गर्दै आइराखेका छन्।

उनले भने,‘दशक अघिसम्म विदेशी भेडा खरिद बिक्रि हुदै आएकोमा अहिले स्वदेशकै खसीबोकाले दसैं तिहार धान्दै आइराखेका छन्। पछिल्लो समयमा  यहाँका किसान भेडापालन तर्फ उत्साहित हुदै गएपछि दसैंतिहारमा जुम्लामा खसीबोकाको अभाव हुदैन्। ’यो पटकको दसैंमा ६४ जना ब्यापारीले खसीबोका भित्र्याएका थिए।

चन्दननाथ नगरपालिका पशु शाखाको तथ्यांक अनुसार ६४ वटा राँगा तथा भैसीको किनबेच भएका हुन्। सबै भैसी राँगा कालिकोट जिल्लाबाट ल्याइएका थिए। २० लाख ७५ हजार एक सय ३६ रुपैयाँ बराबरको राँगाभैसी यो दसैंमा बिक्रि भए। प्रति राँगा भैसीको मुल्य ३२ हजार ४ सय २४ थियो।१३ जना ब्यापारीले राँगा भैसी ल्याएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।

दसैंमा स्वदेश तथा बिदेशमा रहेका सबै आफन्त एकै थलोमा जमघट भएर सुखदुद साट्ने भएकोले अनिवार्य रुपमा खसीबोका खरिद गर्ने चलन छ। गाउँघर तिर दुईचार घर मिलेर एक खसी किन्दै आएपछि सदरमुकाम क्षेत्रमा एकै घरका परिवारले दुई तीन वटा सम्म खसीबोका खरिद गर्ने चलन छ। यहाँ चरन क्षेत्र धेरै भएकोले लेकाली क्षेत्रका बस्तीमा अहिले पनि खसीबोका पाल्ने चलन छ। हिउँदमा सुर्खेत दैलेख र जाजरकोटमा लैजाने  बर्षायाममा जुम्लामै पाल्ने गरिदै आएकोे छ।

प्रकाशित: २३ आश्विन २०७६ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App