coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई लाख नगदसहित १४ जुवाडे पक्राउ

भेरीगंगा नगरपालिका–११ स्थित काठेघारी सामुदायिक वनभित्र जुवा खेल्दै गरेका जुवाडेहरु।

सुर्खेत - सुर्खेत प्रहरीले दशैंको अवसरमा जुवा खेल्दै गरेका १४ जनासहित दुई लाखबढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरबाट सात र भेरीगंगा नगरपालिकाबाट सात जनालाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–११ स्थित काठेघारी सामुदायिक वनभित्रबाट एक लाख ९१ हजार ५९५ रुपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–१२ का ४१ वर्षीय कर्णबहादुर चन्द, ४० वर्षीय दीपक थापा, भेरीगंगा–२ का ३९ वर्षीय दीपक वली, भेरीगंगा–४ का ३५ वर्षीय भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का ३६ वर्षीय सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का २६ वर्षीय धिरज अधिकारी र वीरेन्द्रनगर–११ का ३५ वर्षीय चिरञ्जवी वली पक्राउ परेका छन्। उनीहरुलाई सोमबार बेलुका पक्राउ गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए।

यस्तै प्रहरीले वीरेन्द्रनगरबाट पच्चिस हजार चार सय ५० रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–१० का ४१ वर्षीय चेत भट्टराई, ३५ वर्षीय लोकबहादुर ठाडा, ४० वर्षीय खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का ४२ वर्षीय भोजकुमार डाँगी, ३४ वर्षीय दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का ४० वर्षीय दील पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी रवी रावलले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०७६ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App