coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मालपोत प्रमुख परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ

कञ्चनपुर - बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन्। प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

स्थानीयको सूचनाका आधारमा प्रहरीले प्रमुख ऐडीलाई पक्राउ गरेको हो । त्यस्तै मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए। प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

दुवै जनालाई हिरासतमा राखेर सोधपुछ गर्ने काम भइरहेको बताउँदै प्रहरी नीरिक्षक चन्दले उनीहरुका परिवारलाई पनि बोलाइएको जानकारी दिए।  डडेल्धुरा स्थायी घर भएका मालपोत कार्यालय प्रमुख दशैँ विदामा घर गएका थिएनन्। उनका  श्रीमती र एक छोरी छन् भने महिलाका दुई  छोरा रहेको बताइएको छ।

प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
 

प्रकाशित: २३ आश्विन २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App