७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल र ओमन खेल्दै

काठमाडाैँ - ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ। खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ।

यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ। नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो। त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो।

तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ। यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ। ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो।

प्रतियोगितामा छ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ। त्यस्तै चार खेलमा तीन खेल जितेर छ अङ्क नै बटुुलेको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा  हङकङ  पाँचौँ स्थानमा छ। नेदरल्याण्ड् र हङकङ अङ्कविहीन छन्। उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दैछन्। प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन्।

प्रकाशित: २३ आश्विन २०७६ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App