coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शंकास्पद अवस्थामा साधुको शव फेला

डडेल्धुरा - एक जना साधुको शंकास्पद अवस्थामा शव फेला परेको छ । अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेको हो ।

उनी बस्दै आएको सानो घर कुटीमा नै उनको शव फेला परेको हो । शव भेटिएको स्थानमा ढुङ्गमा रगत पनि भेटिए पछि उनको मृत्यु शकासपद बनेको छ ।

करिब ४०–४५ बर्ष अगाडी देखि कुटीमा बस्दै आएका अन्दाजी ७५–७६ वर्षीय उमाशंकर गिरी नाम गरेका साधुको बुधबार बेलुकी उनले बस्दै आएको कुटीमा शव फेला परेको थियो ।

उनी करिब ४० बर्ष अघि दैलेख जिल्लाबाट आइ बसेको स्थानीयको भनाइ रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित: २३ आश्विन २०७६ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App