राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

बिहिबार, २३ असोज २०७६, ०९ : ३८ नागरिक

कास्की – नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षण दिनका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन्।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए।

आगामी तीन महीनाका लागि नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका उनी राष्ट्रिय खेलकूद परिषद्को सहयोग र सङ्घको निमन्त्रणामा आएका हुन्।

प्रशिक्षक फ्लोरेन्सियोले आजदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ। उनलाई बुधबार पोखरा विमानस्थलमा सङ्घका पदाधिकारीहरुले स्वागत गरेका थिए। आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागको तयारीका लागि ह्यान्डबलको महिला २२ र पुरुष २२ खेलाडी पोखरा रङ्गशालास्थित ह्याण्डबल एकेडेमीमा बन्द प्रशिक्षणमा रहेका छन्।

सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रशिक्षक फ्लोरेन्सियोसँग पोर्चुगलको युवा ह्यान्डबल टोली तथा दुई वर्ष अफ्रिकाको अङ्गोलामा प्रशिक्षण गराएको अनुभवबाट नेपाली टोलीले लाभ लिने सङ्घका सचिव केशव पाठकले बताए।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad