तोरीको बीउ अनुदानमा वितरण

बुधबार, २२ असोज २०७६, १५ : १६ नागरिक

काठमाडाैँ - जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ। दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ।
 
परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिए। साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको प्रमुख केसीले जानकारी दिए।
 
पाँच हजार ३११ केजी तोरी सहकारीबाट गरी विभिन्न २० सहकारी र कृषि समूहका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो। तुलसीपुर उपमहानगरपालिका–१, २ र शान्तिनगर, बबई, दङ्गीशरण गाउँपालिकामा ६६४ बिगाह जमीनमा तोरी खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराएको तोरी जोन सञ्चालक समितिका अध्यक्ष भीमबहादुर वलीले जानकारी दिए।

त्यस्तै सिँचाइका लागि १० कुलो निर्माण, सात पम्पसेट वितरण र ५० भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ। “जोरी जोनअन्तर्गत तोरी उत्पादन बढाउने उन्नत बीउ अनुदानमा वितरणदेखि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ, यसले गर्दा जिल्लामा तोरी उत्पादन बढ्ने र कृषकहरुलाई तोरी खेतीमा आकर्षण थप्नेछ”, प्रमुख केसीले भने।

त्यस्तै यस वर्ष दुई बिगाहा जमीनका तोरी प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ। तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ। 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad