coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेस्रो खेलमा नेपाल पराजित

काडमाडौं - ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा लगातार दुई खेलमा जित हात पारेको नेपालले तेस्रो खेल भने गुमाएको छ। आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले २६, कप्तान पारस खड्काले २५, इशान पाण्डेले २२ र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरा अंकमा रन जोड्न सकेनन्।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो। आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाएका थिए। त्यस्तै स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन्।

बलिङमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो। नेपालका सन्दीप लामिछाने र अविनास बोहोराले दुई दुई विकेट लिए। करन केसी र ललित राजबंशीको नाममा समान एक विकेट रह्यो। आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान  केभिन ओब्रायनलाई गुमाएको थियो। यस अघि नेपालले  पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

प्रकाशित: २२ आश्विन २०७६ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App