'पुरानो डुंगा'को ओपनिङ आक्रामक

आइतबार, १२ मङि्सर २०७३, ०९ : २४ नागरिक

काठमाडौं- यसअघि 'कबड्डी' शृंखला निर्देशन गरेका रामबाबु गुरुङको नयाँ फिल्म 'पुरानो डुंगा'ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ। दुई भाइबीचको सम्बन्धमा आउने उतारचढावको कथा रहेको फिल्मलाई सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस् मिलेर निर्माण गरेका हुन्। फिल्म शुक्रबारदेखि नेपालका प्रमुख सहरमा प्रदर्शन भइरहेको छ।

दुई दिनमा नेपालभर फिल्मले डेढ करोड रुपैयाँको कारोबार गरेको एक निर्माता मणिराम पोखरेलले दावी गरे। उनका अनुसार शनिबार साँझसम्म प्रायः मल्टिप्लेक्स हलमा फिल्म हाउसफुलका साथ चलेको थियो। फिल्मको प्रारम्भिक व्यापार सोचेभन्दा राम्रो हुनुमा 'निर जहिले रिसाउने' गीतको लोकप्रियताको पनि योगदान रहेको उनले बताए।

'वितरकका अनुसार शुक्रबारको पहिलो दिनको कारोबार पछिल्ला थुप्रै फिल्मको भन्दा उत्कृष्ट रह्यो,' निर्माता पोखरेलले थपे, 'मल्टिप्लेक्स हलहरुमा फिल्मको शो दिनहुँ बढ्दो छ। यसबाट हामी निकै उत्साही छौं। दर्शकको माया अझै पाउनेछौं र यसको व्यापार अझ भव्य हुने आशा हाम्रो छ।'

'हामी फिल्मबारे दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेका छौं, धेरैजसो दर्शकले फिल्मलाई रुचाएका छन्,' पोखरेलले भने, 'केहीले चाहिँ 'कबड्डी कबड्डी'भन्दा फरक पाएको प्रतिक्रिया दिएका छन्।'

फिल्मले नेपालबाहिर पनि राम्रो बजार पाएको छ। हङकङ, कोरिया, अमेरिका, बेलायतजस्ता देशमा फिल्म बिकिसकेको छ भने अस्ट्रेलियामा निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई र निर्माता रौनकविक्रम कँडेल आफैं फिल्म लिएर पुगेका छन्। अस्टे्रलियामा फिल्मको प्रिमियर भइसकेको छ।

दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुदाम सिके, डिबी गुरुङ लगायतले अभिनय गरेको फिल्मलाई काठमाडौंबाहिर मनोज राठी र उज्ज्वल पौडेल तथा काठमाडौंमा गोविन्द शाहीले वितरण गरेका हुन्।

फिल्मले आइतबारका लागि क्युएफएक्समा १३, एफक्युब र बिग मुभिजमा आठ–आठ, सिने डे सेफ र क्युजमा पाँच–पाँच शो पाएका छन्। शाहरुख खान अभिनित हिन्दी फिल्म 'डियर जिन्दगी' चलिरहँदा पनि 'पुरानो डुंगा'ले यतिको शो पाउनुलाई ठूलो उपलब्धि मान्छन् वितरक गोविन्द शाही।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad