coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

असिनाले धान बालीमा क्षति

म्याग्दी - म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु-याएको छ ।

गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पु¥याएको हो । पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन् ।

८० प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए। “हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ”, थापाले भने, “सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछाँै ।”भकुण्डे धानबालीको पकेट क्षेत्र हो । धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पु¥याएको छ ।

मङ्गलबार दिउँसो २ बजेदेखि करिब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ । आफन्तकहाँ दशैँमा टीका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन् । खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी–बरञ्जा, बेनी–भकिम्ली, बेनी–दरवाङ, बेनी–पाखापानी, सिमलचौर–कुहुँ, बेनी–भगवती, बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो ।

प्रकाशित: २२ आश्विन २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App