१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

दैलेख – दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्। 

खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै शव खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृतकको शव खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृतक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर मृत्यु भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। शव डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ। 

 

प्रकाशित: २१ आश्विन २०७६ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App