राष्ट्रपति कार्यालयमा टीकाको राैनक(फोटो फिचर)

मङ्गलबार, २१ असोज २०७६, १५ : १५ नागरिक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन्। राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले  हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन्।

त्यस्तै राष्ट्रपति भण्डारीबाट उपराष्ट्रपति वर्षमान पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले समेत टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले पनि राष्ट्रपतिबाट टीका ग्रहण गरेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि  टीका ग्रहण गरेका छन्। उच्च पदस्तसँगै राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेता,मानवअधिकारकर्मी लगायतलाई पनि टीका लगाइ दिएकी छन्।

तस्बिरः रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad