७ वैशाख २०८१ शुक्रबार
समाज

भातेढुकुरमा मिनी बस दुर्घटना, एक जनाको मृत्यु

भक्तपुर - अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको भातेढुकुरमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सूर्यबिनायक नगरपालिका ८ भातेढिकुरमा काठमाण्डौबाट साँगातर्फ जादै गरेको बा ५ ख ४३६७ नं. को मिनिबस र बिपरित दिशाबाट आउदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सोमबार राति करिव ११ बजे एक आपसमा ठोक्किएका थिए।

प्रहरीका अनुसार ठक्करपछि घाइते भई उपचारको लागी डा.इवामुरा अस्पताल ल्याइएकोमा मोटरसाइकलमा पछाडि सवार रामेछाप लिखु गाउपालिका ४ घर भई  हाल भक्तपुर सूर्यविनायक नगरपालिका ९ नलिन्चोक बस्ने बर्ष ३५ को रामबहादुर भुजेलको मृत्यु भएको हो। उनलाई थप उपचारका लागी त्रिबि. शिक्षण अस्पताल काठमाण्डौ रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका ३ घर भई हाल नलिन्चोक बस्ने वर्ष २९ को  अर्जुन थामीलाई थप उपचारका लागी राति नै ग्राण्डी अस्पताल रिफर गरी उपचार भइरहेको जनाइएको छ। दुबै सवारी साधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका ८ भीरकोट बस्ने बर्ष २६ को बिनोद खत्री महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
 

प्रकाशित: २१ आश्विन २०७६ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App